दार्चुला । भन्सार छलीको सामग्रीसहित बैतडी घर भएका एकजना कैलालीबाट पक्राउ परेका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर १ घर भएका ३३ वर्षीय नवीन कुँवरलाई भन्सार छलीको सामग्रीसहित अत्तरीया बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छलेर ल्याएका करीब १७ लाख रुपैयाँ बराबरका ९ बोरा कपडासहित कुँवरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।

भन्सार छलीका कपडा काठमाण्डौं लैजाँदै गरेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?