संयुक्त जनआन्दोलन समितिले आज गर्ने भनेको उपत्यका बन्द फिर्ता

दार्चुला । संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ ।

समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो । हिजो काठमाण्डौमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुकमार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?