लेकमको हुनैनाथ मावि कुणीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालय कुणीमा “अभिभावक शिक्षा” कार्यक्रम सम्पन्न भएको छ ।

लेकम गाउँपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय दार्चुलाको सहयोगमा आइतवार “अभिभावक शिक्षा” कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका फिल्ड प्राविधिक राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । बालबालिकाको उमेर अनुसारको विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धिको लागि सञ्चालन गरिएको कार्यक्रममा अभिभावक र शिक्षासंग सरोकारवालाहरु बिच छलफल गरिएको उहाँले बताउनुभयो ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष माधवी जोशी निमित प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, शिक्षक विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?