काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, निमित्तको जिम्मेवारी विष्णु जोशीलाई 

दार्चुला । काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको बताउनुभयो ।आजै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका थिए ।  नगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी गराएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?