दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ७ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालय धापमा विगत ६ वर्षदेखि कार्यरत अग्रेजी शिक्षक चन्द्रदेव मिश्रको विदाई गरिएको छ ।
शिक्षक मिश्रको लेकमको कृष्ण माध्यमिक विद्यालय लालीमा सरुवा भएपछि शुक्रवार (आज) एक कार्यक्रमका बिच विदाई गरिएको मालिकार्जुन माध्यमिक विद्यालय धापका प्रध्यानाध्यापक सुन्दर सिंह बुढाथोकीले जानकारी दिनुभयो ।
विदाई भएका शिक्षक मिश्रको शिक्षण पेशा सफलताको शुभकमाना सहित शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थितिमा विदाई गरिएको उहाँले बताउनुभएको छ । मिश्र विगत ६ वर्षबाट मालिकार्जुन माध्यमिक विद्यालय धापमा माध्यमिक तह (९-१०) मा अग्रेजी विषय अध्यापन गराउदै आएका थिए ।





प्रतिक्रिया