दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, मरखोला “प्रन्सिपल्स एसोसिएन अफ नेपाल” (पिएएन) उत्कृष्ट विद्यालय पुरस्कार २०८२ बाट पुरस्कृत भएको छ ।
प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित मुल्यांकन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याकन गर्दा सरस्वती आधारभूत विद्यालय मरखोला सुदूरपश्चिमकै उत्कृष्ट विद्यालय घोषणा भएको प्रिन्सिपल्स एसोसिएन अफ नेपाल (पिएएन)का अध्यक्ष सुदाम प्रशाद गौतमले जानकारी दिनुभयो ।
शुक्रवार (आज) सरस्वती आधारभूत विद्यालय, मरखोलाका प्रध्यानाध्यपक गोवर्धन धामी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम प्रशाद जोशीलाई सयुक्त रुपमा नेपाल सरकारका शिक्षामन्त्री रघुजी पन्तले सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
दार्चुला जिल्लाबाट उक्त पुरस्कारबाट पुरस्कृत हुने एक मात्रै विद्यालय सरस्वती आधारभूत विद्यालय मरखोलालाई अपिहिमाल गाउँपालिकाले यसअघिनै नमूना उन्मुख विद्यालय घोषणा गरेको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले बताउनुभयो ।
उक्त विद्यालयमा केहि वर्ष यता अग्रेजी माध्यमबाट पठनपाठन हुदैँ आएको थियो ।






प्रतिक्रिया