दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आधाभूत तह कक्षा (१–३) का शिक्षकहरुको लागि दुईदिने एकीकृत पाठ्यक्रम तालिम सम्पन्न भएको छ ।
नेपाल सरकारको शर्शत कार्यक्रम अन्तरगत लेकम गाउँपालिकाको आयोजनामा दुई दिने एकीकृत पाठ्यक्रम तालिम सम्पन्न भएको लटिनाथ माध्यमिक विद्यालय चौपाताका सहायक प्रध्यानाध्यापक एंव तालिमका प्रशिक्षक मोहन देब बिष्टले जानकारी दिनुभयो । तालिममा कक्षा शिक्षकको व्यवस्थापन, सिकाई मूल्याकन. शिक्षण सिकाई र सहजिकरण लगायतका विषयहरुमा छलफल सहित सहभागी शिक्षकहरुलाई परार्मश दिइएको उहाँले बताउनुभयो ।
कक्षा शिक्षक व्यवस्थापन अन्तरगत एकै जना शिक्षकले पुरै कक्षाको जिम्मेवारी लिन सक्ने गरी सिकाई सहजिकरण गर्ने, सिकाई मुल्याकनमा बालवालिकाको मनोवल उच्च रहने गरी रचनात्मक ढंगले सिकाई गराउने लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।
आधारभूत तहमा शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन गरिएको एकीकृत पाठ्यक्रम तालिममा गाउँपालिकाभित्रका ४७ वटै विद्यालयका शिक्षकहरुको सहभागीता रहेको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणी अवस्थीले बताउनुभयो ।
तालिमममा सहभागीहरुलाई लटिनाथ माध्यमिक विद्यालय चौपाताका सहायक प्रध्यानाध्यापक मोहन देब बिष्ट र गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरका मावि शिक्षक लोकेन्द्र भण्डारीले प्रशिक्षण गराउनुभएको थियो ।





प्रतिक्रिया