गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनुसन्धान विधि सम्बन्धि तालिम उद्धघाटन

दार्चुला । दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनुसन्धान विधि सम्बन्धि तालिमको उद्धघाटन गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग एंव गोकुलेश्वर बहुमुखी क्याम्पसको आयोजनामा तीनदिने अनुसन्धान विधि सम्बन्धि तालिम सुरु भएको गोकुलेश्वर क्याम्पसका उप–प्राध्यापक रमेशचन्द्र जोशीले जानकारी दिनुभयो ।

तालिममा नेपाल खुल्ला विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर गोविन्द सिंह बिष्ट र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अतरियाका सह–प्राध्यापक डाक्टर दिपक राज जोशी विज्ञ प्रशिक्षक रहेका छन् । गोकुलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमल सिंह महराको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर गोविन्द सिंह बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने अनुसन्धान विधि तालिममा गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक, कर्मचारीहरु र स्नातक तह चौथौँ शत्रमा अध्ययनरत थेसिसको तयारीमा रहेका विद्यार्थी गरी कुल ३२ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?