अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा भरत सिंह धामीको उम्मेदवारी दर्ता

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आसन्न २४औ राष्ट्रिय महाधिवेशनमा दार्चुलाका भरत सिंह धामी (लिपुलेक) ले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । डेढ दशकदेखि निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय धामी संगठनमा आफ्नो नेतृत्व क्षमता र जनस्तरको समर्थनलाई आधार बनाउँदै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

उच्च राजनीतिक चेतना, बिद्रोह स्वभाव, संगठनात्मक अनुशासन र संघर्षशील व्यक्तित्व भएका धामी विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गरेका छन्।

सीमावाद, राष्ट्रवाद र शिक्षामा समान पहुँच जस्ता मुद्दाहरूमा उनको स्पष्ट दृष्टिकोणले युवा पुस्तालाई प्रभावित बनाउँदै आएको छ। त्यस्तै दार्चुलाका आनसिंह बडालले सचिवमा, तथा कृष्ण धामी र नवराज बिष्टले भुगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?