दार्चुला । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया विजयी हुनुभएको छ ।
अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित हुनुभएको हो । कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी हुनुभएको छ ।
सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्यमा दार्चुलाका नवराज विष्ट र कृष्ण धामी निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय सदस्यहरुमा लक्ष्मण बोहरा, रुपक धामी, प्रदिप खड्का प्रेम देबकोटा र हरिष न्यौपाने निर्वाचित भएका छन् ।
विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो ।





प्रतिक्रिया