दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३० दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अर्थात १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ ।

स्रोत व्यहोर्ने शीर्षकमा सबैभन्दा बढि नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ ।

यस्तै चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपुरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान खर्च ५१ करोड ६० लाख हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?