दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धि “कष्टमाइज्ड” शिक्षक तालिम सम्पन्न भएको छ ।
महाकाली नगरपालिकाको आयोजना एंव सामुदायिक विकास केन्द्र (सिडीसी) डोटीको प्राविधिक सहयोगमा जेठ २९ गतेबाट सञ्चालन गरिएको “कष्टमाइज्ड” शिक्षक तालिम सोमवार (आज) सम्पन्न भएको महाकाली नगरपालिकाका शिक्षा शाखा अधिकृत हेम राज जोशीले जानकारी दिनुभयो ।
तालिममा नगरपालिकाभित्रका १८ वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुख भिम पनेरु र एकीकृत पाठ्यक्रमका प्रशिक्षक मनोज भण्डारीले प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा कक्षा १ ३ को एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्याकन र शिक्षण सिकाईका विधिहरुको बारेमा छलफल गरिएको अधिकृत जोशीले बताउनुभएको छ ।





प्रतिक्रिया