अपिहिमाल गाउँपालिकामा आधारभूत तह पाठ्यक्रम सम्बन्धि ‘कस्टमाइज्ड’ तालिम सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आधारभूत तह पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जेठ ३१ गतेबाट सुरु भएको आधारभूत तह कक्षा ९१–३ ० पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम आज सम्पन्न भएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

तालिममा गाउँपालिकाभित्रका १८ वटा विद्यालयमा यसै वर्ष शिक्षक सेवा आयोग पास गरेर आएका तथा अवसर नपाएका शिक्षकहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्र साउँद, प्राविधिक सहायक मदन राज जोशी र नेपाली शिक्षक लक्ष्मण दत्त जोशीले प्रशिक्षण गराउनुभएको छ ।

तालिममा आधारभूत तहमा शिक्षण सिकाई, उपलब्धी र चुनौतीहरुको विषयमा छलफल गरिएको बताइएको छ ,।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?