लेकममा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मावि मैखोली प्रथम

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माध्यमिक तह (कक्षा ९।१०) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बालप्रतिभा पहिचान कार्यक्रम अन्तरगत लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको थियो ।

जसमध्ये ऐडिवाग माध्यमिक विद्यालय मैखोली प्रथम, लटिनाथ माध्यमिक विद्यालय चौपाता द्धितीय र केदारनाथ माध्यमिक विद्यालय धरमघर तृतीय भएको लेकम गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक चुडामणी अवस्थीले जानकारी दिनुभयो ।

गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहयक चुडामणी अवस्थीको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, वडा नम्बर ६ का वडा सदस्य चन्चल सिंह खत्री, जनप्रतिनिधि, स्थानीय शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ऐडिबाग माध्यमिक विद्यालय मैखोलीलाई नगद १६ हजार १ सय २५ रुपैयाँ, द्वितीय लटिनाथ माध्यमिक विद्यालय चौपातालाई १३ हजार १ सय २५ रुपैयाँ र तृतीय केदारनाथ माध्यमिक विद्यालय धरमघरलाई नगद १० हजार १ सय २५ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?