सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १० गते बस्ने

दार्चुला । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १० गते बस्ने भएको छ।

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको हो। बैठक दिनको ४ बजे बस्ने समितिले निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल हुने जनाइएको छ। गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?