आलमलाई सफाइ दिने २ न्यायाधीश न्याय परिषद्‍मा तानिए

दार्चुला । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश न्याय परिषद्‍मा तानिएका छन् ।

न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेपछि न्याय परिषद्ले छानबिनका लागि तानेको हो ।

जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबालगायतले न्याय परिषद्‍मा उजुरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?