त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

दार्चुला । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सबैभन्दा धेरै ६५ रन बनाए । उनी ११औं अर्धशतक बनाउँदै नेपालबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन् । यस्तै आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए । नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान एक विकेट लिए ।

त्यसअघि ग्लास्गोमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सबैभन्दा धेरै ८६ रन बनाए । यस्तै रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे । नेपालका करण केसीले दुई तथा ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलाको पहिलो खेलमा गएको आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा मङ्गलवार स्कटल्यान्डलाई दुई विकेटले हरायो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?