दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका दिन

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम खानीको काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ । यो भनेको नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार हो ।

२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर गरेका थिए ।ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

चौथोपटक ओली प्रधानमन्त्री बनेका बेला प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह पैदा गरेको छ । अन्तिम प्रतिवेदन भने डिसेम्बरमा आउनेछ । ओलीले पहिलो कार्यकालमा यो परियोजनाको कुरा गर्दा कतिपयले ट्रोल समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?