दार्चुला । बैतडीमा माओवादी केन्द्र बैतडीको पार्टी कार्यालयमा आगजनी भएको छ ।
जिल्लाको दशरतचन्द नगरपालिका वडा नम्बर ४ गडीमा अवस्थित पार्टी कार्यालयमा आज दिउँसो अज्ञात समुहले आगजनी गरेको प्रारम्भिक खरब प्राप्त भएको जिल्ला प्रहरी कार्यालब बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयको एक कोठा जलेको र भित्र रहेका कागजात पनी नष्ट भएका छन् । विपद् व्यवस्थापन समितिको टोलीले आगो नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बैतडी प्रहरीले जनाएको छ ।





प्रतिक्रिया