चितवन राइनोजले कुशल मल्लसहित ६ जना खेलाडीलाई रिटेन गर्‍यो

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि ६ जना खेलाडीलाई रिटेन गरेको छ ।

चितवनले टोलीका कप्तान कुशल मल्लसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो । यस्तै चितवनले शरद भेषवाकर, दिपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जीत कुमार र सलाहुद्दीन खानलाई रिजिल गरेको छ ।

यसअघि एनपीएलको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई रिटेन गरेको थियो भने ६ जनालाई रिलिज गरेको थियो ।

यसअघि एनपीएलको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई रिटेन गरेको थियो । यस्तै सुदूरपश्चिमले ६ जना खेलाडीलाई रिलिज गरेको थियो ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?