दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा अवस्थित भैरवनाथ आधारभूत विद्यालय (काशिपुर) दोबाटाको जिर्ण विद्यालय भवन पुनःनिर्माणको लागी सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सामाजिक विकास कार्यालय दार्चुलाद्धारा निर्माण हुने गरी उक्त विद्यालयमा दुइ कोठे विद्यालय भवन निर्माणको लागी २५ लाख रुपैयाँ विनियोजन गरेको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो । यदपी उक्त योजनाको अन्तिम ठेगानामा भैरवनाथ आधारभूत विद्यालय दोबाटा हुनुपर्नेमा देवथली भएको र समयमै नाम सच्याउनको लागी कार्यालयसंग सम्पर्क गर्न उहाँले विद्यालयलाई अनुरोध गर्नुभएको छ ।
सामाजिक विकास कार्यालय दार्चुलामार्फत निर्माण हुने गरी भैरवनाथ आधारभूत विद्यालयको लागी २५ लाख बजेट विनियोजन गरिएकोमा अन्तीम ठेगानामा भने नाम देवथली राखिएको छ । यस विषयमा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पुष्पराज जोशीलाई बुझदा सोही विद्यालयको लागी प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेको र अन्तिम नाम सच्याउन सकिने बताउनुभएको छ ।
२०६८ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको छ, भने ३४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबी मिश्रले बताउनुभएको छ । गतवर्ष पनी विद्यालयको नाममै मिस्टेक भइ योजनानै रद्ध भएको अवगत गराउदै समयमै नाम सच्याउन कार्यालयसग सम्पर्क गर्न सामाजिक विकास कार्यालयले सूचित गरेको छ ।





प्रतिक्रिया