दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागी ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलवार (आज) गाउँसभाको १५औँ अधिवेशनको दोस्रो बैठकबाट उपाध्यक्ष पार्वती ऐरी कार्कीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले चाुलु र पुँजीगततर्फ गरी ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाले नेपाल सरकारबाट प्रप्त हुने वित्तीय समानिकरण अनुदानतर्फ ९ करोड ७७ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ८३ लाख ९६ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
गाउँपालिकाको आन्तरिक आयतर्फ १ करोड रुपैयाँ सहित कुल ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट सार्वजनिक गरिएको उपाध्यक्ष कार्कीले बताउनुभयो ।





प्रतिक्रिया