पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित, बयान शुरू

दार्चुला । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुनुभएको छ । पतञ्जली जग्गा प्रकरणमा परेको मुद्दाको विषयमा उहाँ विशेष अदालत पुग्नुभएको हो ।

नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै निवेदन दर्ता गराउनुभएको थियो । नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुँदैछ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर–२ मा उहाँको बयान हुनेछ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।

पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?