काठमाण्डौको विष्णुमती नदीमा कारसँगै बगेकी महिलाको सकुशल उद्धार

दार्चुला । काठमाण्डौको टोखामा विष्णुमती खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

हिजो राति झन्डै १० बजेतिर टोखाको ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो । प्रहरीका अनुसार कार चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको कार क्रेनको सहायताले निकालिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?