नौगाड गाउँपालिकामा स्थानीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा स्थानीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला तथा बालवालिका शाखाको आयोजनामा स्थानीय बाल सञ्जाल गठन तथा सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नौगाड गाउँपालिका महिला विकास निरीक्षक कौशिला धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा बालविवाह न्यूनिकरण, वाल दुव्यहार र बालयौन दुराचारका विषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । त्यस्तै जनहित माध्यमिक विद्यालय धुलिगाडामा कक्षा १० मा अध्ययनरत कमला धामीको अध्यक्षतामा १५ सदस्यीय स्थानीय बाल सञ्जाल गठन गरिएको छ ।

नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना, १५ वटा विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षक, विद्यार्थी, स्थानीय लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?