दार्चुला । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले असार १७ गते दुवै पक्षलाई बोलाएर छलफल गराउने आदेश भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।
ढकालले आफू रास्वपाको महामन्त्री कायमै रहेको भन्दै हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । गएको हप्ता निर्वाचन आयोगले मुकुल ढकाललाई रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो ।
रास्वपाले ढकाललाई कारबाही गरे पनि त्यसको विवरण आयोगमा अद्यावधिक नभएको पाइएको छ ।





प्रतिक्रिया