दार्चुलाको टिंकर सडकको लागि  छुट्टै बजेट शीर्षक राखिएपनी बजेट न्यून

दार्चुला । सरकारले आगामी आर्थिक वर्ष २०८२। ८३ देखि टिंकर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ।

महाकाली करिडोरबाट छुट्याएर तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट शीर्षक दिइएको भएपनी सडक निर्माणका लागि एक करोडमात्रै बजेट विनियोजन गरिएको हो। नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली करिडोरअन्तर्गतको तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट दिँदा थोरैमात्रै बजेट दिएको भन्दै आलोचना भएको छ। दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकमा न्यून बजेट आएकामा आपत्ति जनाउँदै संसद्मा आलोचना गर्नुभएको छ ।

करिब ७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ। चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत स्काभेटर छाङ्गरु पु¥याएर दुवैतर्फबाट सडकको ट्र्याक खोल्ने काम सुरु गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?