डिलासैनीमा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाको सहयोग तथा राष्ट्रियता संरक्षण अभियानको आयोजनामा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी २०८२ को सुरू भएको छ । असार १३ र १४ गते दुई दिन सम्म सञ्चालन हुने साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा नेपाल–भारतका कवि तथा विद्वान/विदुषी साहित्यकारहरूको सहभागीता रहेको छ ।

डिलासैनी गाउँपालिका अध्यक्ष शन्तोष प्रकाश जोशीको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा बैतडी जिल्ला न्यायाधिश तिर्थराज भट्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, डा. नारायणी भट्ट, गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, भारतको गजियावादका नागेन्द्र त्रीपाठी, वडाअध्यक्षहरू, राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक लगायत नेपाल र भारतका कवि तथा साहित्यकार, बुद्धिजीवी, राजनीतिकर्मी, सञ्चारकर्मी, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा अतिथिहरूले शुभकामना मन्तव्य राख्नुका साथै कवि लोकबिक्रम मल्ल, कबिराज भट्ट, खिमानन्द बडू, पूर्ण मल्ल, भारतीय कवि आशुतोष त्रीपाठी, सेटीगाउँका विद्यार्थी लगायतले साहित्यिक प्रस्तुती राखेको थिए । दिउँसो सम्मेलन र छलफल कार्यक्रम सकेर बेलुकी गोकुलेश्वरमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सञ्चालन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?