दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका ३ वटा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ३ वटा विद्यालयहरुलाई स्मार्ट टिभी वितरण गरिएको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ५ को चौलानी आधारभूत विद्यालय तल्लाखेर, वडा नम्बर ५ कै डाडावाग आधारभूत विद्यालय लुम्थी र वडा नम्बर ६ को महादेव आधारभूत विद्यालय खडियानलाई एक एक थान स्मार्ट टिभी हस्तान्तरण गरिएको बताइएको छ ।





प्रतिक्रिया