एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने

दार्चुला । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?