एसईई परीक्षा: नौगाड गाउँपालिकाका ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ५१.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गाउँपालिका भरिका ७ वटा विद्यालयबाट १ सय ७३ जनाले एसईई परीक्षा दिएकोमा ८९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका सूचना अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।

गाउँपालिकाको गौरीशंकर माध्यमिक विद्यालय नागुबाट २१ जनाले परीक्षा दिएकोमा ४ जना अर्थात १९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै भुमिराज मावि ईयरकोटबाट २८ जनाले परीक्षा दिएकोमा ९ जना (३२.१४ प्रतिशत), केदारेश्वरी मावि सुण्डुमुण्डबाट १५ जनाले परीक्षा दिएकोमा ७ जना(४६.६७ प्रतिशत), लटिनाथ मावि खारबाट ३४ जनाले परीक्षा दिएकोमा ३१ जना ( ९१.१८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यो गाउँपालिकाकै उत्कृष्ट नतिजा हो ।

त्यस्तै गणेश विनायक मावि सिप्टीबाट ३२ जनाले परीक्षा दिएकोमा १९ जना(५९.३८प्रतिशत), समैजी मावि सौकेबगडबाट ११ जनाले परीक्षा दिएकोमा ९ जना(८१.८२प्रतिशथ) र जनहित मावि धुलिगडाबाट ३२ जनाले परीक्षा दिएकोमा १० जना(३१.२५ प्रतिशत) विद्यार्थी उत्र्तीण भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?