दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाबाट २०८१ सालको एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको छ। जिल्ला सदरमुकाममा रहेको नगरपालिकाबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ५६.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, यो जिल्लाका ९ओटै स्थानीय तहमा सबैभन्दा बढी हो ।
नगरपालिका भरिका १२ वटा सामुदायिक र संस्थागत विद्यालयका ५ सय ३५ जनाले एसईई परीक्षा दिएकोमा ३ सय १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाबाट २ सय ७७ जनाले परीक्षा दिएकोमा १ सय ९३ जना(७० प्रतिशत) विद्यार्थी (ग्रेडेड) उत्तीर्ण भएका छन् । महेन्द्र नमुना माविका ३४ जना विद्यार्थीको ३.६ भन्दा माथिको जिपिए रहेको छ ।
त्यस्तै नगरपालिकाको मालिकार्जुन माध्यमिक विद्यालय धापबाट साधारण धार तर्फ २९ जनाले परीक्षा दिएकोमा १३ जना(४५ प्रतिशत) उत्तीर्ण भएका छन् भने प्राविधिक धार तर्फ ४२ जनाले परीक्षा दिएकोमा ३७ जना (८८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । धापबाट प्राविधिक र साधारण धार तर्फ १(१ जनाले ३.६ भन्दा माथिको जिपिए ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालय दत्तुबाट २० जनाले परीक्षा दिएकोमा १६ जना (८० प्रतिशत), छन्ना तिंकरी कन्या माध्यमिक विद्यालयबाट ४१ जनाले परीक्षा दिएकोमा १० जना(२४प्रतिशत),हुस्कर माध्यमिक विद्यालय काटैबाट २० जनाले परीक्षा दिएकोमा ४ जना( २० प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै अल्कापुरी माध्यमिक विद्यालय कोटकौतोलीबाट १८ जनाले परीक्षा दिएकोमा ३ जना (१७ प्रतिशत), हिमालय माध्यमिक विद्यालय धौकोटबाट १३ जनाले परीक्षा दिएको ३ जना (२३ प्रतिशत), गडीभवन माध्यमिक विद्यालय थाप्लाबाट ७ जनाले परीक्षा दिएकोमा १ जना( १४ प्रतिशत), मालिकार्जुन माध्यमिक विद्यालय निसिलबाट १२ जनाले परीक्षा दिएकोमा ८ जना( ६७ प्रतिशत), हुनैनाथ माध्यमिक विद्यालय बाँजबाट १६ जनाले परीक्षा दिएकोमा ३ जना(१९ प्रतिशत) र दार्चुला पब्लिक स्कुलबाट १४ जनाले परीक्षा दिएकोमा १० जना(७१ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको पशुपती शिक्षा मन्दिरबाट २६ जनाले परीक्षा दिएकोमा सबै (२६) जना विद्यार्थीनै ननग्रेडेड (अनुत्तीर्ण) रहेका छन् ।





प्रतिक्रिया