एसईई नतिजाः दुहुँ गाउँपालिकाका ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाबाट एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिका भित्रका ५ वटा विद्यालयका ७८ जना विद्यार्थीले परीक्षा दिएकोमा ४१ जना अर्थात ५२.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको पिपलचौरी माध्यमिक विद्यालय विणबाट १३ जनाले एसईई परीक्षा दिएकोमा ९ जना(६९.२६ प्रतिशत विद्यार्थी (ग्रेडेड) उत्तीर्ण भएका छन् ।

त्यस्तै गणेश माध्यमिक विद्यालय सिमलीबाट १२ जनाले परीक्षा दिएकोमा ७ जना(५८.३३ प्रतिशत), जनविकास माध्यमिक विद्यालय बारबाँजबाट २३ जनाले परीक्षा दिएकोमा १२ जना( ५२.१७ प्रतिशत) धारीपाटा माध्यमिक विद्यालय धारीबाट ९ जनाले परीक्षा दिएकोमा ४ जना(४४.८५ प्रतिशत) र गौरिलमाण्डौ माध्यमिक विद्यालय हिकिलाबाट २१ जनाले परीक्षा दिएकोमा ९ जना(४२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?