दार्चुलाबाट एसईईमा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ३५.०७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा २ हजार १८१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षा फारम भरेका ३ जना परीक्षामा अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ।

परीक्षामा सहभागी भएकामध्ये ७६५ जना उत्तीर्ण भएका छन् भने १ हजार ४१६ जना (अनुत्तीर्ण) ननग्रेड भएका छन् ।

ग्रेडेड भएका मध्ये ३.६ देखि ४ भन्दा कम जिपिए ल्याउने ४१ जना रहेका छन् । यस्तै ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने १ सय १६ जना रहेका छन् ।

यस्तै २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने ३ सय १४ जना रहेका छन् भने २.४ देखि २.८ जिपिए भन्दा कम अंक ल्याउने २ सय ७२ जना, २ देखि २.४ भन्दा कम जिपिए ल्याउने २२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ।

थप समाचार: https://lokdarpantv.com/2025/06/29/45772/

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?