दार्चुला मार्माका परमल महरा र मेनका रावल दम्पती दुबै क्याम्पस प्रमुख, नयाँ पुस्तालाई प्रेरणा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भएका परमल महरा र मेनका रावल दम्पती दुबै जना क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका छन् । श्रीमान र श्रीमती दुबै जना दार्चुलाकै क्याम्पसहरूमा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका हुन् ।

दार्चुलाको शैल्यशिखर-९ गोकुलेश्वरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रमुख परमल सिंह महरालाई उक्त जिम्मेवारी सम्हालेको दुई वर्ष पुग्न लागेको छ । २०८० साल साउन १ गते चार वर्षे कार्यकालको लागि महरा क्याम्पस प्रमुख नियुक्त हुनुभएको हो । दार्चुलाकै मार्मा-३ लटिनाथमा अवस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लटिनाथ बहुमुखी क्याम्पसमा महराकी श्रीमती मेनका रावल क्याम्पस प्रमुख हुनुहुन्छ । रावल पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल लटिनाथ क्याम्पस प्रमुख नियुक्त भएको बताइएको छ ।

सबैको आशिर्वाद, माया, स्नेह र प्रेरणाले यो अवसर र संयोग जुरेको गोकुलेश्वरका क्याम्पस प्रमुख परमल महराले बताउनुभयो । सबैबाट निरन्तर हौसला, प्रेरणा र रचनात्मक सहयोगको अपेक्षा गरको उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा महरा र रावल दम्पतीले प्राप्त गरेको अवसर तथा सफलता युवायुवतीका लागि प्रेरणादायी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?