चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी-३ का २६ बर्षीय युवक बेपत्ता

दार्चुला । चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

रानाले सोमबार बिहान साढे ६ बजेतिर आफ्नै घर नजिकबाट चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?