कुकुरले टोकेर घाइते भएका बैतडीको पुर्चाैडीका १२ बर्षीय बालकको मृत्यु

दार्चुला । बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका नम्बर ६ कुयलीगाउँका १२ बर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतबार मृत्यु भएको स्थानीय समेत रहेका शिक्षक मनोज साउँदले बताउनुभयो।

अनिललाई करीब दुई हप्ता अगाडि कुकुरले टोकेको थियो । कुकुराको टोकाइबाट टाउकोमा चोट लागेर घाइते भएका अनिललाई उपचारका लागि धनगढी लगिएको थियो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गरेर तीनदिन अगाडिमात्रै घरमा ल्याएका अनिलको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार अस्पताल लैजाने क्रममा साँझ ६ बजेतिर डडेल्धुरा नजिक पुग्दा मृत्यु भएको हो ।

कुकुरको टोकाइबाट घाइते भएका अनिलमा रेबिजका लक्षण देखिएका थिए । उनी पानी देख्ने बित्तिकै निकै डराउने भएका थिए ।

जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत अनिलको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको शिक्षक साउँदले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?