रुपन्देही–३ मा ६२ हजार भोट पाएर इतिहास रच्ने सागर ढकालको दाबी

दार्चुला । रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । मंगलबार मात्रै सागर ढकालले फेसबुक स्टाटस लेख्दै रुपन्देही–३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही–३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाईं भएको उल्लेख गरेका छन् ।

उनले देशको पीडा, आंशु र आवाज बोल्न तयार भएर बस्न मतदातालाई आग्रह गरेका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डढेल्धुरामा पराजित ढकालले चितवन २ मा रविको ५४ हजार १७६ र काठमाडौंमा बालेनको ६१ हजार ७६७ मत आएको तथ्यांक राख्दै अब रुपन्देही–३ मा करिब ९० हजार मत रहेकोमा ६२ हजार मत पार गरी नेपालको इतिहास रच्नुपर्छ भनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?