यि हुन् एसईईमा शून्य नतिजा ल्याउने दार्चुलाका ४ विद्यालय

दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाका चारओटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका जिल्लाभरीका ७४ वटा सामुदायिक र संस्थागत विद्यालयमध्ये चारओटा विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

शून्य नतिजा ल्याउने विद्यालयहरुमा महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, र व्याँस गाउँपालिकाका एक-एक विद्यालय रहेका छन् ।

महाकाली नगरपालिकाको पशुपती शिक्षा मन्दिरबाट २६ जनाले परीक्षा दिएकोमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । महाकाली नगरपालिकाका १२ वटा विद्यालय मध्ये शून्य नतिजा ल्याउने पशुपती शिक्षा मन्दिर एक मात्रै विद्यालय हो।

त्यस्तै शैल्यशिखर नगरपालिकाको बद्रिनाथ माध्यमिक विद्यालय बोहरीगाउँको पनि शुन्य नतिजा रहेको छ। बद्रिनाथ माविबाट २० जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए । नगरपालिकाका १३ वटा विद्याहरुमा बद्रिनाथ माविको मात्रै शून्य नतिजा रहेको छ।

बद्रिनाथ माविको गत बर्ष पनि एसईई परीक्षामा शून्य नतिजा रहेको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जय राज पन्तले बताउनुभयो ।

त्यस्तै अर्काे शून्य नतिजा ल्याउने विद्यालय मालिकार्जुन गाउँपालिकाको हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर रहेको छ। चन्दनपुरबाट ६ जनाले परीक्षा दिएकोमा सबै विद्यार्थी ननग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । मालिकार्जुन गाउँपालिकाका ११ वटा विद्यालय मध्ये चन्दनपुर मात्रै शून्य नतिजा ल्याउने विद्यालय हो ।

व्याँस गाउँपालिकाको दुर्गास्थान मावि स्याँकुको पनि शून्य नतिजा रहेको छ। गाउँपालिकाका ६ वटा विद्यालय मध्ये एसईई परीक्षामा शून्य नतिजा ल्याउने दुर्गास्थान मावि स्याँकु एक मात्रै विद्यालय हो । उक्त विद्यालयबाट २५ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।

गत बर्ष जिल्लाभरी ७ ओटा विद्यालयको नतिजा शून्य आएकोमा यो बर्ष भने नतिजामा सुधार भने आएको छ ।

गत बर्ष र यो बर्ष शून्य नतिजा ल्याउने एक मात्रै विद्यालय शैल्यशिखरको बद्रिनाथ मावि बोहरीगाउँ रहेको छ । गर्त बर्ष शून्य नतिजा ल्याएका विद्यालयहरुको स्पष्टीकरण सोधेको र पहिलो पटक चेतावनी दिएकोमा यस यो बर्ष पनि शून्य नतिजा ल्याएको बद्रिनाथ मावि बोहरीगाउँलाई स्थानीय तहसंगको सहकार्यमा कानुन बमोजिम आवश्यक कारवाही गरिने प्रमुख पन्तले बताउनुभयो ।

अन्य विद्यालयहरुको हकमा भने स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए कानुन बमोजिम आवश्यक कारवाही गरिने उहाँले बताउनुभयो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा १९.९५ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । यो बर्ष गत बर्षको तुलनामा नतिजामा सुधार देखिएको तर देशभरको नतिजाको तुलनामा कमजोर नतिजा रहेको प्रमुख पन्तको भनाई छ।

यो बर्ष दार्चुला बाट ३५.०७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?