दार्चुला । नेपाल सरकारका उद्योग वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउदैँ हुनुहुन्छ। जिल्लाका स्थानीय नागरिक संग भेटघाट गर्न तथा विभिन्न औपचारिक कार्यक्रमहरूमा सहभागी हुन मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउन लागेको प्रेस सल्लाहकार सिपि लोहियाले बताउनुभयो ।
मन्त्री भण्डारीले जिल्ला भ्रमणको दौरान स्थानीय नागरिकका गुनासा सुन्नुको साथै योजनाहरुको निरीक्षण गर्ने र पार्टी र पालिकाहरूले आयोजना गरेका कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो । त्यस्का साथै मन्त्री भण्डारी जिल्लामा हुने औपचारी कार्यक्रममा पनि सहभागि हुने कार्यक्रम रहेको छ।
मन्त्री भण्डारी आज काठमाडौंबाट धनगढी हुँदै बैतडी पुग्ने समयतालिका छ, बैतडीबाट २० गते फर्कने कार्यक्रम रहेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।





प्रतिक्रिया