दार्चुला । दार्चुलाको लेकम गाउँपालिका केन्द्र रातामाटामा सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (Recovery and Accelerated Learning/ReAL Plan) कार्यान्वयन सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।
लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज बुधबारबाट सुरु भएको लेकम गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक चूडामणि अवस्थीले जानकारी दिनुभयो । तालिमको पहिलो दिन गाउँपालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरूलाई गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय रमेश चन्द्र जोशी र परमानन्द जोशीले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो । भोलि असार १९ गतेका दिन गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा कार्यरत तथा IEMIS सम्बन्धी अनुभवी प्रत्येक विद्यालयका एक एक जना शिक्षकहरूलाई आवश्यक तालिम दिइने कार्यक्रम रहेको बताइएको छ ।





प्रतिक्रिया