भारतको हिमाचल प्रदेशमा भारी वर्षा, ३० जनाको मृत्यु, ३४ बेपत्ता

एजेन्सी । भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता भएको जानकारी दिनुभयो ।

हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो। त्यसपछि लगातार पानी परिरहेको छ। बुधवार (हिजो) मन्डी जिल्लामा दश जनाको मृत्यु भयो। वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ। अधिकांश ठाउँमा बाढी र पहिरो आएको छ।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्याँस नदीमा बाढी आएको छ। नदीमा पानी बहाव बढेपछि भारत मौसम विज्ञान विभाग (IMD ) ले रेड अलर्ट जारी गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?