उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै त्यस्ता सम्भावनाहरुको खोजी गरी उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ ।
दोगडाकेदार गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा बोल्दै उहाँले नेपालमा खानी,खनिज,जडीबुटी,कृषिमा सम्भावना रहेको बताउदै नेपालमै रोजगारीका अवसर रहेका दाबी गर्नुभयो ।
‘यहाँ रहेका खानीहरूको परीक्षण, उत्खनन र उपभोगका लागि सरकार लागेको छ । त्यसपछि रोजगारी पनि सिर्जना हुन्छ’, उहाँले भन्नुभयो । यो क्षेत्रमा सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले वर्तमान सरकारले केही गर्न सकेको छैन भन्ने भाष्य गलत रहेको बताउनुभयो । ‘वर्तमान सरकार जनआकांक्षा पूरा गर्न लागिपरेको छ। केही पनि भएको छैन भन्ने भाष्य गलत हो, मन्त्री भण्डारीले भन्नुभयो ।





प्रतिक्रिया