दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (Recovery and Accelerated Learning/ReAL Plan) कार्यान्वयन सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बुधवार (हिजो) बाट सुरु भएको २ दिने सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको लेकम गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक चूडामणि अवस्थीले जानकारी दिनुभयो । तालिमको पहिलो दिन (हिजो) गाउँपालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापक र (आज) सामुदायिक विद्यालयमा कार्यरत तथा (IEMIS) सम्बन्धी अनुभवी प्रत्येक विद्यालयका एक एक जना शिक्षकहरूलाई प्रशिक्षण गराइएको उहाँले बताउनुभयो ।

कार्यक्रमको समापन शत्रमा बोल्दै गाउँपालिका अध्यक्ष रामदत्त जोशीले ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने, नतिजा राम्रो ल्याउनुपर्ने र समय परिस्थिति अनुसार ज्ञान प्रवाह गर्नुपर्नेमा जोड् दिनुभएको छ । त्यस्तै दिवा खाजा तरकारी र ढुवानीमा पालिकाले सहयोग गर्नुपर्ने भएकोले १५/ २० लाख दायित्व थपिएर आएको हुदा सिमित स्रोतका बाबजुत समस्या समाधानको प्रयास भइरहेको र अभावमा पनी राम्रो गर्नेको मूल्याकंन हुने अवगत गराउनुभएको छ । शिक्षाको जग बलियो बनाउन चिसिएको फलामलाई आकार दिन गाह्रो हुने भएकाले विभिन्न विधिबाट उत्कृष्ट शिक्षा प्रवाह गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले विद्यार्थीको तल्लो वेश बलियो भए मात्रै माध्यमिक र उच्च शिक्षाको नतिजा राम्रो आउने बताउदै आजको बालबालिका भोलिको कर्णाधार भएकाले सबै बालबालिका आफना छोराछोरी हुन भन्ने सोचको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सोही कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले शिक्षकहरुलाई सिकेका कुरा व्यवहारमा लागु गर्न सुझाव दिनुभएको छ । तालिमका सहभागीहरूलाई गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय रमेश चन्द्र जोशी र परमानन्द जोशीले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गराउनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?