बैतडीको पाटन नगरपालिकाको लेखाशाखामा अर्को ताला

दार्चुला । बैतडीको पाटन नगरपालिकाको लेखाशाखामा अर्को ताला लागेको छ । नगरपालिकामा तालाबन्दीको विषयमा छलफल भइरहेको समयमा सहभागिहरुले ताला लगाएका हुन् ।

नगर उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा छलफल चलिरहेको थियो । सो छलफलमा प्रमुख जिल्ला अधिकारी, समन्वय समितीका प्रमुख उपप्रमुख, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, नगर उपप्रमुख तथा जनप्रतिनिधि सहभागी थिए । सोही समयमा बाहिर केही दलका प्रमुख एव प्रतिनिधी तथा स्थानीयहरु सहभागी थिए । उनिहरुले नै ताला लगाएका हुन् ।

नगरउपप्रमुखसहितका जनप्रतिनिधिहरुले यसअघि तालाबन्दी गरेको र उनिहरुले नै उठाएका विषयमाथी छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै तालामाथी अर्को ताला लगाएको बताइएको छ । बिना कागजात रकम भुक्तानी भएको, आर्थिक अनियमितता भएको आसयसहितको प्रेस बिज्ञप्ती जारी गर्दै ताला लगाइएको थियो ।

त्यसपछि सोही विसयमाथी नै छनबिनको माग हुनुपर्ने राजनीतिक दलहरुको धारणा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?