भन्सार कार्यालय दार्चुलामा साढे ८६ लाख बढी राजस्व संकलन, लक्ष्यभन्दा १० लाख धेरै

दार्चुला । जिल्ला भन्सार कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८१/०८२ मा ८६ लाख ५६ हजार १ सय ७८ रुपैयाँ राजस्व तथा भन्सार संकलन गरेको छ ।

कार्यालयले वर्षभरीमा ७५लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा १० लाख ८२ हजार १ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको जिल्ला भन्सार कार्यालय दार्चुलाका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो । कार्यालयले सबैभन्दा बढी बैशाख महिनामा १९ लाख ५ हजार ९ सय २ रुपैयाँ र सबैभन्दा कम साउन महिनामा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ राजस्व रकम संकलन गरेको कार्यालय प्रमुख मानन्धरले बताउनुभयो ।

त्यस्तै जेठ महिनामा १७ लाख ९९ हजार ९ सय २९ रुपैयाँ, चैत्र महिनामा ११ लाख १३ हजार ६ सय ६९ रुपैयाँ र फागुन महिनामा ४ लाख ७६ हजार ४ सय १३ रुपैयाँ राजस्व संकलन गरिएको उहाँले बताउनुभएको छ ।

त्यस्तै भन्सार कार्यालय दार्चुलाले भदौमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ, अशोजमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ,कार्तिक महिनामा ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ मंसिर महिनामा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ, पुष महिनामा ३ लाख १० हजार ७ सय ७४ रुपैयाँ र माघमा २ लाख ९४ हजार ४ सय ३ रुपैयाँ र असार महिनाको २७ गतेसम्म ६ लाख ६७ हजार राजस्व संकलन गरिएको बताइएको छ ।

कार्यालयले वार्षिक लक्ष्यभन्दा १० लाख ८२ हजार १ सय ७८ रुपैयाँ बढी भन्सार रकम संकलन गरेको कार्यालय प्रमुख मानन्धरले बताउनुभएको छ । जिल्ला भन्सार कार्यालय दार्चुलाले गत आर्थिक वर्ष २०८०।८१ मा ५९ लाख २९ हजार ९३५ रुपैयाँ राजस्व तथा भन्सार संकलन गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?