महाकाली-४ को लास्कु खोलामा पुल जोगाउन तटबन्ध निर्माण गरिँदै

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको लास्कुखोलामा रहेको अस्थायी पुलको संरक्षणको लागी काम सुरु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ र १ तथा दुहुँ र ब्याँस गाउँपालिका जोड्ने अस्थायी पुल बाढीले बगाउने स्थिति आएपछि पुल जोगाउन शनिवारबाट तटबन्ध निर्माण भइरहेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर चुनाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाकाली नगरपालिकाले लास्कु खोलामा तटबन्ध निर्माणका लागी २८ वटा जालीहरु उपलब्ध गराएपछि अहिले तटबन्ध निर्माणकार्य भइरहेको हो । उक्त पुलले महाकाली १ र ४ तथा दुहुँ गाउँपालिका तथा ब्याँस गाउँपालिकालाई जोड्ने गरेको छ ।

बर्षाको समयमा लास्कु खोलामा बाढी आउँदा पुल बगाउने जोखिम रहेकाले तटबन्धको काम सुरु गरिएको वडा अध्यक्ष चुनाराले बताउनुभएको छ । अबको ४ दिनमै तटबन्धको काम पुरा हुने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?