कञ्चनपुरमा ‘छाउपडी गोठ’ भत्काउने अभियान सञ्चालन हुने

दार्चुला । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउपडी गोठ भत्काउन अभियान सञ्चालन गर्न भनेको छ।

प्रशासन कार्यालयले सोमवार जिल्लाका नौ वटै पालिकालाई पत्र काट्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न भनेको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कृष्णपुर नगरपालिका-१ मा छाउपडी गोठमा सुतिरहेकी कमला दमाइको सर्पको टोकाइबाट मृत्यु भएको सन्दर्भमा जिल्लाका नौ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काउन भनिएको छ। पत्रका परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ।

असार २७ गते छाउगोठमा गोठमा सुत्न गएका बेला सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा असार २८ गते मृत्यु भएको थियो। यसअघि आइतवार कृष्णपुर नगरपालिकाले पनि नौ वटै वडालाई सम्बोधन गर्दै १५ दिन भित्र छाउपडी गोठहरूको निरीक्षण गरी भत्काउन भनेको थियो। पत्रमा उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाही सहित १० हजार जरिबाना हुने उल्लेख छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?