दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
मंगलबार (आज) दिउँसो १२ बजेको समयमा बुढाथोकी दुम्लिङबाट पारी भारतीय बजार जाने क्रममा तुइन चुडिएर महाकाली नदिमा बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । महाकाली नदीमा पानीको बहाव बढी भएकोले खोजी कार्यमा पनि समस्या भइरहेको उहाँले बताउनुभयो ।
बेपत्ता बुढाथोकीको खोजीमा अस्थाई प्रहरी पोष्ट दुम्लिङको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया