महाकाली नगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण गरिएको छ ।

दातृ निकायले सहयोग कटौटी गरेपछि विद्यालय स्वास्थ्य पोषण कार्यक्रम असार ३१ गते मंगलवार (हिजो) नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

महाकाली नगरपालिकाका नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्टको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी ठगुन्ना, शाखागत कर्मचारी, आइडिएस नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक पाण्डे,अधिकृत तारा बाबु खाती जिल्ला परियोजना संयोजक टेक बहादुर खड्का प्राविधिक सहयोगी दान बहादुर कठायत लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा आइडीएस नेपालका कर्मचारीहरुलाई सम्मानपत्रसहित विदाइ गरिएको छ । विद्यालय दिवा खाजा कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम हस्तान्तरण गरिएको हो ।

हालसम्म जिल्लाका ६ वटा स्थानीय तहहरुमा कार्यक्रम हस्तान्तरण गरिएको छ,भने नौगाड गाउँपालिकामा आज हस्तान्तरण कार्यक्रमको आयोजना गरिुउको छ । त्यस्तै अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा पनी लगत्तै कार्यक्रम हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?